नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ। बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको हो । ६ जना संस्थापकहरूले सो शेयर बिक्री गर्न लागेको बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
विद्यमान अन्य संस्थापक शेयरधनी खरिद गर्न इच्छुक नभएपछि अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई सेयर खरिदका लागि प्रस्ताव गरिएको हो। इच्छुक व्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र शेयर शाखा लाजिम्पाटमा निवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख ।