गुडविल फाइनान्स कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हाे समेत खुलाई कम्पनीककाे प्रधान कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

Online Arthik










