नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएकाे छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे हो ।

शेयर खरिदका लागि बैंकका इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर शाखामा आवेदन दिनु पर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया