सान्भी अटोलिङ्कले नयाँ बानेश्वर, काठमाण्डौमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्यकलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै उक्त अवसरमा टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटोलिङ्कका सञ्चालक कृष्ण थापाले बताए । उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटोलिङ्कको नयाँ शोरुमले टीभीएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया