सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितरूले आज (शुक्रबार)देखि तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज माइतीघरमा बिहान ११ बजे सभा गर्दै बानेश्वरसम्म ¥याली गर्ने भएको छ ।

माइतिघरको सभामा मात्रै करिब ७ हजार पीडितहरु सहभागी हुने अनुमान गरिएको महासंघका अध्यक्ष कुसलभ केसीले जानकारी दिए । त्यस्तै महासंघले चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा पनि आन्दोलन गर्ने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया