आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको जनाएको छ ।

बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सो मितिभित्र कुने आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया