बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
उक्त बैठकले आगामी जेठ ३० गते बुधबारका दिन काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।