अब महिनावारीको बेला महिला ट्राफिक प्रहरीले चार दिन छुट्टी पाउने भएका छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।महिला ट्राफिक प्रहरीको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनले बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

 

तपाईको प्रतिक्रिया