आधुनिकताले संसारलाई घेरे  संगै हरेक व्यक्ति कुनै न कुनै माध्यमबाट सामाजिक सञ्जालमा जोडिएका छन् । विज्ञान र प्रविधिको युगमा आज मानिसले सामाजिक सञ्जालको प्रयोग गरी एकअर्कालाई सम्पर्क गर्ने र टाढा रहेका व्यक्तिसँग आफूलाई जोड्ने काम गरिरहेका छन्। मनोरन्जनका लागि होस् अथवा कुनै समाचार प्रचार प्रसारण होस् कुनै व्यक्तिको जन्मदिन होस अथवा कसैको मुत्यु हरेक क्रियाकलाप प्यक्तिले सामाजिक सञ्जालमा सेयर गर्दछन् । तर हाल यहि सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै मानिसहरुलाई ठग्ने कार्य तिव्ररुपमा बढेको छ अहिले सामाजिक सञ्जालमा थोरै लगानी गरी धेरै नाफा कमाउने प्रलोभन देखाइ विभिन्न व्यक्तिहरुको फेशबुक एकाउन्टहरुबाट सोझा साझालाई ठग्ने कार्य बढि रहेको छ । यस प्रक्रियामा कूनै व्यक्तिको एकाउन्ट ह्याक गरि उक्त एकाउन्टहरुबाट अरुलाई म्यासेज पठाई थोरै लगानी गरी धेरै नाफा कमाउन सकिन्छ भन्दै पैसाको माग गर्ने र उक्त व्यक्तिले पैसा पठाई सके पछि सम्पर्क विहिन हुने र एकाउन्ट नै डिलिट गर्ने समेत गरेका छन् । कसैले यसमा विश्वास नगरे पैसा पठाएको फेक बैक एकाउन्टको स्टेटमेन्ट नै पठाउने गरेका छन् । यस प्रकारको फेशबुक स्क्यामबाट थोरै समयमा धेरै व्यक्ति ठगिएका छन् । धेरै व्यक्तिहरुको पैसा चोरि भएको छ । कुनै पनि व्यक्तिहरुको फेशबुकबाट यस्तो प्रकारको म्यासेज आयो भने म्यासेज संगै आएको लिंक नखोलि उक्त एकाउन्ट नै ब्लक हानेर स्क्याम्पबाट आफूलाई बचाउन सकिन्छ । यस्तो कूनै पनि म्यासेजमा विश्वास नगर्नू होला ा
सामाजिक संजालबाट हुने यस्ता अपराधलाई निर्मूल गर्न सरकारले नियम कानुन निर्माण गरेपनि यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन। सामाजिक संजालबाट हुने अपराधलाई रोक्न सामाजिक संजाल अपराध सम्बन्धी कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायको ध्यान जानु अति आवश्यक छ। यसका साथै व्यक्ति स्वयम् यस्ता प्रकारको ठगिहरुबाट बच्न आफै सजग हुनू जरुरि छ ।

तपाईको प्रतिक्रिया