नेपाल वेयरहाउजिङ कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते समाप्त भएको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुगेको छ ।

साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया