नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।

इन्स्योरेन्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा १.०५५ बराबरको रकम कर प्रयोजनका लागि हुने नेप्सेले बताएको छ ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

 

तपाईको प्रतिक्रिया