प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।
खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्रआवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।