नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।
सेयर संरचना परिवर्तनपछि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ ।
संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार कित्ता सेयर रहेको छ ।