खोरङ्गा हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते शुक्रबारका दिन काठमाण्डौ महाराजगञ्जमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेका लागि सभा डाकेको हो ।

उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने,कम्पनीको ठेग ाना परिवर्तन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित हुनेछ ।

तपाईको प्रतिक्रिया