अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आज काभ्रेपलाञ्चोकको ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।
सभामा नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका नियमनकारी निकायबाट स्वीकृती लिने,अभिलेख गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य कुनै घ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत जेठ २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।