
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुकले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नु सक्नेछन् ।