विजय लघुवित्त वित्तीय संस्था कम्पनीको असार ७ गते बसेको सञ्चालक समिति बैठकले काभ्रेपलाञ्चोक धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहान ११ बजे सभा बस्ने गरी सभा बालाएको हो ।

कम्पनीले यसअघिनै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया