रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया