अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहदै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया