समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । गत चैत २९ गते सम्पन्न यी दुवै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो ।

असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुवै लघुवित्तले आफ्ना कार्यालयहरूबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने बताएको छ ।

 

तपाईको प्रतिक्रिया