मैलुङखोला जलविद्युत कम्पनीकोे संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लकइन अवधि साउन २६ गते सकिने भएको हो ।
कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, ३ लाख ६८ हजार १४४ कित्ता स्थानीयको सेयर र १४ हजार ७२६ कित्ता कर्मचारीको सेयर लकइनमा रहेको छ ।
लकइन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले २०७४ साल जेठ १७ देखि ३१ गतेसम्म स्थानीय बासिन्दाका लागि र २०७८ साल साउन १४ देखि १९ गतेसम्म सर्वसाधारणमा (कर्मचारी समेत) मा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २०७८ साल साउन २६ गते सेयर बाँडफाँड गरेको थियो ।