आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्न आगामी साउन १ गते बुक क्लोज मिति तोकेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १९ गते हकप्रद निष्कासनका लागि अनुमति दिएको थियो ।
आधारमा असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर १ः१.५ को अनुपातमा निष्कासन तथा बिक्री खुला गर्न लागेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।