ज्योति विकास बैंक लिमिटेडले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) र सहायक महाप्रबन्धक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको यी पदको पदपूर्ति आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट गरेको हो ।
बैंकले सञ्चालन गरेको आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति भएका छन् । दुवै जनालाई साउन १ गतेदेखि लागू हुनेगरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति गरिएको छ ।
बराल विगत १६ वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। यस्तै बलदेव थापा पनि बैंकमा विगत ७ वर्षदेखि प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको रुपमा कार्यरत थिए ।