सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।

पहिलो सर्किट ब्रेक लागेर खुलेकाे अर्काे एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ।

शुक्रबार नेपाल राष्ट्रबैंकले मौद्रिक नीति ल्याएको थियो। मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको नाफा ह्वात्तै बढ्ने नीतिगत व्यवस्था गरिएको छ। यसबाट विगतमा कमजोर देखिएका बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढ्ने र राम्रो लाभांश पाइने आशमा लगानीकर्ताहरुले खरीद बढाउँदा सर्किट लागेको हो। बजारमैत्री मौद्रिक नीतिका कारण विगत केही दिनदेखि बढिरहेको बजारमा आइतबार एकाएक उछालको अवस्था देखिएको हो।

तपाईको प्रतिक्रिया