कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर कित्ता र सोको मूल्यसमेत खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा शेयर बिक्री गरिने बैंकले जनाएको छ ।