रिलायन्स फाइनान्स कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारण बिक्री गर्न लागेको  छ । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया