ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका विभिन्न २२ स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु यहि साउन १७ गतेदेखि बन्द गरिएको जानकारी दिएको होे ।

सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर ती स्थानमा सञ्चालित शाखारहित बैंकिङ सेवा बन्द गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया