एनएमबि बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा घटेको छ ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ भने अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै, बैंकले यो अवधिमा कुल २ खर्ब २३ अर्ब ९४ करोड र कर्जा लगानी १ खर्ब ९४ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात ३.२७ प्रतिशत पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा २.७५ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८.२७ रुपैयाँ रहेको छ । बैंकको रिटर्न अन इक्विटी ८.१३ प्रतिशत रहेको छ ।

 

तपाईको प्रतिक्रिया