महालक्ष्मी विकास बैंकले गत आपर्थक वर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २४.५२ प्रतिशत बढी खुद नाफा गरेको हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेर १ अबए ९३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेर २० करोड ७१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेर ६७ करोड ७५ लाख रुपैयाँ छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश वितरण गर्ने क्षमता ४.२५ प्रतिशत छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ र जगेडा कोष १०.८७ प्रतिशत बढेर २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैंकको निक्षेप संकलन ७.२१ प्रतिशत बढेर ५५ अर्ब २१ करोड रुपैयाँ र कर्जा लगानी ८.८६ प्रतिशत बढेर ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँ बढेर ११.२७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ ।

 

तपाईको प्रतिक्रिया