अघिल्लो आवको सोही अवधिमा घाटामा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आर्थिक अवस्थामा राम्रो सुधार गरेको छ ।
संस्थाले यो बीचमा खुद ब्याज आम्दानी पनि बढाएको छ । कम्पनीले ४० करोड ३८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५।४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा संस्थाले ३८ करोड ३० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ६८।४९ प्रतिशतले बढेर ७ करोड ४२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ५७।५२ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म संस्थाको सञ्चालन म्ुनाफा ७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
संस्थाले कर्मचारी खर्च ३२ करोड ८८ लाख रुपैयाँबाट घटाएर ३१ करोड १० लाख रुपैयाँमा झारेको छ । अन्य सञ्चालन खर्च भने ४ करोड २० लाखबाट बढेर ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले सञ्चित मुनाफा ६।५९ प्रतिशतले बढाएर १ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा २६ करोड ७७ लाख रुपैयाँको व्यवस्था गरेको छ ।
निक्षेप संकलन २ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर २ अर्ब ३७ करोड पुर्याएको संस्थाले कर्जा प्रवाह पनि ५ अर्ब ८० करोडबाट बढाएर ६ अर्ब ३३ करोड पुर्याएको छ ।
संस्थाको वितरणयोग्य मुनाफा १ करोड ८६ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ४।२२ प्रतिशत रहेको छ । संस्थाको निष्कृय कर्जा ८।३६ प्रतिशतबाट घटेर ७।४३ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस०१२।११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४।८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५१३।४६ रुपैयाँ, तरलता अनुपात ४।९६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०१।१० गुणा कायम भएको छ