एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४४.१९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यस्तै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६.१६ प्रतिशतले घटेको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ९० करोड ३५ लाख रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी सामान्य बढेर ५ रुपैयाँ ९१ पैसा (वार्षिक) कायम रहेको छ । एक्सेलको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४६ पैसा छ ।

तपाईको प्रतिक्रिया