सेयर बजारले कारोबार रकमका पुन: नयाँ रेकर्ड कायम गरेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै आइतबार पुनः नयाँ रेकर्ड कायम भएको हो ।
आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २,८६०.९१ को विन्दुमा अडिएको छ ।
आइतबार २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।