गत आवको चौथो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि देखिएको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.९२ प्रतिशतले बढी हो । कम्पनीले ७ लाख ६९ हजार रुपैयाँबराबरको वित्त आम्दानी आर्जन गरेको छ । स्टाफ बोनसका लागि १५ लाख रुपैयाँ खर्च गरेको कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको रिजर्भको आकार १४.५५ प्रतिशतले बढेर १८ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड २५ लाख र कुल चालु दायित्व ५ करोड ४० लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.९३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १३६.९८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.८१ रुपैयाँ मूल्य आम्दानी अनुपात ४७.७४ गुणा र तरलता अनुपात २.४५ प्रतिशत कायम भएको छ ।