मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।
शनिबारबाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको छ । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको थिए ।
भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।