मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आउन लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । नेप्सेमा कम्पनीको कुल ६२ लाख ८३ हजार ५७३।३७ कित्ता सेयर सूचीकृत भएको छ ।
सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएटीआरआई’ संकेत प्रदान गरेको छ ।
साविकका जाल्पा सामूदायिक लघुवित्त र किसान लघुवित्त १ः०.८८३४ अनुपातमा एक आपसमा मर्ज भएका थिए ।