सिक्लेस हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पानीको मुनाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९६ प्रतिशतले बढी हो ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी भने ५.८३ प्रतिशतले घटेको छ । कम्पनीले चौथो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत २९ करोड ३७ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य स्रोतबाट १ करोड ४४ लाख रुपैयाँ कमाएको छ ।
त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५ करोड ८१ लाख र कुल गैर सञ्चालन खर्च २० करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ५ करोड ७८ लाखबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँबराबरको दिर्घकालिन कर्जा लिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)५.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.०१ रुपैयाँ कायम भएको छ ।