घलेम्दी हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ७ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने ४.१७ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड १५ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य आम्दानी २ लाख ५२ हजार र ब्याज आम्दानी २ करोड २२ लाख गरी कुल १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले कम हो ।

कम्पनीले १९ करोड ९१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । १ अर्ब ६५ करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ २ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३६ लाख दीर्घकालिन कर्जा ७१ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीले मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ र सांग्रिला उर्जा लिमिटेडमा ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.५८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९८.४२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४६.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५७.८० गुणा ऋणात्मक र तरलता अनुपात १०.०४ प्रतिशत कायम भएको छ

 

तपाईको प्रतिक्रिया