हिमालयन पावर पार्टनर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २६ करोड २३ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १८ करोड ९८ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा ३८.१९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले विद्युत बिक्रीमातर्फत ५१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा ४५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३५ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।

यो अवधिसम्म कम्पनीको कुल खर्च २६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा २५.०२ प्रतिशतले धेरै हो ।

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २३ करोड ६२ लाख रुपैयाँ र कुल चालु दायित्व ३० करोड ३१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक) २४.६२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १०९.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३०.१६ रुपैयाँ र पीई रेसियो १०.७२ गुणा ऋणात्मक रहेको छ ।

 

तपाईको प्रतिक्रिया