हिम पर्वत हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

तपाईको प्रतिक्रिया