अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

सो कार्यका लागि कम्पनीले बुधबार शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । सो सम्बन्धी समझदारी पत्रमा अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र  एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको बताएको छ । सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।

कम्पनीले हाल रियल स्टेट, शेयर बजारलगायत विभिन्न भेन्चरहरुमा लगानी गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया