भदौ १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छकु सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले रु.१०० दरका ३ करोड इकाई अर्थात ३ अर्ब बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।  

बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

तपाईको प्रतिक्रिया