गत वर्षजस्तै यस वर्ष पनि युनिलिभर नेपाल लिमिटेडले लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टममार्फत रकम भुक्तानी गर्ने भएकाले सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको छ ।
हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभश रकम प्राप्त हुने कम्पनीको भनाइ छ ।
साथै प्रत्येक सेयरधनीहरूलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी हितग्राही खातामा अद्यावधिक गराउन कम्पनीले भनेको हो ।

Online Arthik










