सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको छ । बुधबार एक जरूरी सूचना प्रकाशन गरी कम्पनीले १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क भुक्तानी गर्दा नगदमा नगर्न भनेको हो ।
कम्पनीका अनुसार १ लाखभन्दा बढीको कारोबरा बीमा कम्पनीको नाममा जारी एकाउण्ट पेयी चेक, अनलाईन माध्यम वा अन्य कुनै बैंकिङ्ग प्रणालीबाट मात्र गर्नुपर्नेछ । साथै रकम भुक्तानी पश्चात मोबाइलमा कारोबार भएको पुष्टी बारे मेसेज आए नआएको यकिन गर्न बीमितलाई सजग गराएको छ ।
बीमालेखको शर्त तथा सुविधा बमोजिम निश्चित समय पश्चात् प्राप्त हुने अवधि भुक्तानी रकम वा अन्य कुनै पनि दाबी रकम भुक्तानी लिन बीमा कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।
गुगल पे वा एप स्टोरबाट सूर्वज्योति लाइफको मोबाइल एप डाउनलोड गरी आफ्नो बीमालेखको सबै विवरण सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मोबाइल एपमा रजिस्टर/लग इन गर्न मोबाइल नम्बर कम्पनीमा रहेको नम्बरसँग मिलेको हुनुपर्नेछ ।
बीमालेख अन्तर्गका सुविधाहरूलाइ कायम राख्न आफ्नो बीमालेखको नविकरण मितिहरू यकिन गरि निर्धारित समयमानै बीमाशुल्क भुक्तानी गर्नुपर्ने र बीमाशुल्क रकम अनलाइनमार्फत् वा नजिकको शाखा कार्यालयमा गई भुक्तानी गर्न सकिनेछ ।
बीमालेख धितो बापत यदि कुनै कर्जा लिएको छ भने कर्जाको ब्याज नियमित रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । समयमा भुक्तानी नभएको अवस्थामा कम्पनीको नियम अनुसार बीमालेखको कर्जा तथा ब्याज सम्बन्धी यस कम्पनीका शर्तहरू लागू हुनेछ ।