माण्डु हाईड्रोपावर कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज १४ गते काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०/८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को कारोवारको हिसाब लेखापरिक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।