माण्डु हाईड्रोपावर लिमिटेड लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।
यो लाभांश कम्पनीको आगामी असोज १४ गते आयोजना हुने कम्पनीको १३ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।