नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।