दशैं, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज १३ गतेभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डाकेको सर्वपक्षीय बैठकले यस्तो तयारी गरेको हो ।
अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग सर्वपक्षीय बैठक डाकेको थियो ।
असोज १३ भित्र बुकिङ खोल्न अनौपचारिक छलफल भएपनि अन्तिम निर्णय भने भईसकेको छैन ।
बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । जसअनुसार तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय भएको छ । दशैं तिहार पछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको छ ।