सर्वोत्तम सिमेन्ट कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त भएको छ ।  

कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ २०८० फागुन २५ गते बाँडफाँड गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको सेयरको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भने गत भदौ २५ गते समाप्त भएको थियो ।  कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको  सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।  

तपाईको प्रतिक्रिया