असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेगरि आउँदै गरेको दशैं तथा तिहारको हर्षोल्हास सँगै नेपाल पे क्युआरमा शुभलाभ अफर सार्वजनिक भएको छ ।
सो अफर अन्तर्गत नेपालप क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले ‘सुपरसट क्यासब्याक’ पाउनुका साथै जति धेरै क्युआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधि भरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु २०० क्यासब्याक प्राप्त गर्नेछन् ।
साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयरफ्रायर र स्मार्टफोनहरु रहेका छन् ।ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ, वालेटहरु तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।

तपाईको प्रतिक्रिया