सेक्यूर्ड सेक्युरिटिज (स्टक ब्रोकर न.३६) कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ ।
कम्पनीमा कारोबार गरिरहेका लगानीकर्ताहरुको आधिकारीक इमेलमा नयाँ टीएमएसको युजरनेम र पासवर्डसम्बन्धी जानकारी प्राप्त हुने कम्पनीले जनाएको छ। कम्पनीले नयाँ टीएमएसमा पहिलेको नेप्सेको टीएमसमा भन्दा केही नयाँ फिचर्सहरु हुने जनाएको छ ।
यसरी प्राप्त इमेलमा उल्लेख भएको प्रक्रिया अवलम्बन गरी लगानीकर्ताहरुले आफ्नो युजरनेम र पासवर्डस प्राप्त गर्न सक्नेछन् । https://tms.ssl.com.np र ATrad DGTrade Nepal mobile app प्रयोग गरी कारोवार गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । नयाँ टीएमएस प्रयोग विधि सम्बन्धि भिडियो तथा युजर म्यानुअल कम्पनीको वेभसाइड राखिएको छ ।